Categories
Events

बिरगंज मेयर बहस

यहि आउने सोमबार, आश्विन २ गते स्थानीय तहको निर्वाचनबाट बिरगंज महानगरपालिकाले २० बर्ष पछि नयाँ मेयर पाउँदैछन् । विभिन्न पार्टीका उम्मेदवारहरु आकर्षक नाराका साथ जनता माझ पुगिरहेका छन्, मतदातालाई आकर्षित गर्न अनेक योजना ल्याउने सपना बाँधिरहेका छन् । उम्मेदवारहरुले भने जस्तै बिरगंजमा परिवर्तन ल्याउन कति सम्भव छ, यसपाली जनताले कसलाई चुन्नु पर्ला, यस्तै थुप्रै प्रश्नहरुको जवाफ पाउन यस कार्यक्रमको आयोजना गरिंदै छ । तपाईंलाई सोध्न मन लागेको प्रश्न तल कमेन्टमा पोस्ट गर्नु होला ।

बिभिन्न सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रसारण हुँदैछ – भोलि बुधबार, २८ भाद्र २०७४, बिहान ११ बजे देखि होटल कुमु प्यालेसबाट, प्रतिक्षा गर्नु होला !