Categories
Events

Kurakani with Actor Kameshwor Chaurasiya

हाम्रो मासिक वार्तालाप शृंखला ’कुराकानी’मा हामी वृहत् क्षेत्रका विज्ञ र अभ्यासकर्ताहरूलाई आफ्नो व्यक्तिगत तथा व्यवसायिक यात्राका कथा आदान(प्रदान गर्न आमन्त्रण गर्दछौँ । यस्ता कार्यक्रमले वीरगंजका युवाहरूलाई अभिप्रेरित गर्छन, नयाँ विचार बिकास गर्न सहयोग गर्छन् र दक्ष र अनुभवी व्यक्तिहरूको जीवन संघर्षहरूबाट विविध व्यवसायबारे सोच्न र बुझ्न मद्दत गर्छन् भन्ने संस्कृतिको विश्वास छ ।

कुराकानीको छैटौ भाग कलाकार कामेश्वर चौरसियासंग

मितिः शनिबार, फाल्गुन २९ गते २०७२
समयः साझँ ४ बजे
स्थानः जेसीस भवन (गीता मन्दिर अगाडि), वीरगंज
मध्यस्थकर्ताः सुरज खनाल, पत्रकार

बारा जितपुरका कामेश्वर चौरसिया संघर्षबाट अघि बढेका कलाकार हुन । ‘हिरो’ बन्न ७ वर्षअघि घरबाट काठमाण्डौ पुगेका थिए, उनी । गुरुकुल, एक्टर्स स्टुडियोको चक्कर काट्दा–काट्दा केहि सिप नलागेपछि घर फर्के उनी त्यहाँ पनि मन नलागेपछि दिल्ली पुगे, ठेगाना समेत थाहा नभएको दिल्लीको दिल्लीको नाट्य स्कुल (एनएसडी) मा किस्मत आजमाउन । दिल्लीमा केहि दिन रुमल्लीएपछि मात्र उनले एनएसडीको ढोका पत्ता लगाए । उनले सोचेजस्तो सजिलो थिएन भित्र छिर्ने काम । उनीभन्दा पहिले अर्का नेपाली बिमल सुवेदि छिरीसकेका थिए । घरबाट एउटा मात्र हजारको पत्ता लिएर दिल्ली छिरेका उनले कार पुछ्ने काम पाए । ७–८ हजार मासिक आम्दानी हुन्थ्यो । उनलाई यो काम एनएसडीका पुर्व बिद्यार्थी फरिद अममदले जुराईदिएका थिए ।

डेढ वर्ष दिल्ली बस्दा कामेश्वरले फरिदसँग नाटकको कक्षा त लिए । तर, सिक्न चाँहि केहि सिकेनन । ‘घुम्दै फिर्दै रुम्जाटार’ कामेश्वर फेरि काठमान्डौ आए । उनको भेट अनुप बरालसँग भयो । सायद उनको जिन्दगीको ‘टर्निङ्ग प्वाईन्ट पनि यहि थियो । लामो समय नाटकमा अभिनय गरेपछि उनले भूषण दाहालको निर्देशीत ‘हाम्रो टिम’ भन्ने सिरियलमा एक–दुई एपिसोडमा काम गर्ने मौका पाए । कलीउडमा पहिलो पाइला ‘लुट’बाट टेके, मात्र एक सिनमा । कर्कश, ताण्डवमा सिनको मात्रा बढ्यो । ‘छड्के’मा राम्रै मौका पाए । उनको अभिनय चल्यो, तर अपेक्षीत रुपमा फिल्म चलेन । फिल्मको एक–दुई सिनमा झल्याक–झुलक देखिँदै गर्दा ‘रेशम फिलीली’को अफर आयो । घरको जेठो छोरो बिग्रियो भनेर चिन्ता गर्ने कामेश्वरका अभिभावक अहिले त्यहि छोरालाई ठुलो पर्दामा देख्दा रमाउछन् ।

Kurakani’s 6th installment with actor Kameshwor Chaurasiya
Date: Saturday, 12th March (29th Falgun)
Time: 4 PM
Venue: Jaycess Hall (In front of Gita Mandir), Birgunj
Moderator: Suraj Khanal, Journalist

Born in Jeetpur of Bara district, Kameshwor Chaurasiya’s is an artist made up of struggle. With an intention to become a ‘Hero”, Chaurasiya reached Kathmandu some 7 years ago but had to return back home after he failed to find a place in the Gurukul Actors Studio. Yet, the craze for acting drove him to New Delhi, India in search of Delhi Drama School (NSD), finally after stumbling with a lot stones, he found it but pushing the gates of NSD was a tough job. Landed with a single note of thousand in Delhi, Chaurasiya found a job at car cleaning center to manage bread and butter with help of another former NSD student Farid Ahemed.

Chaurasiya would learn acting from Ahemed, while his Delhi stay when he would get some time from work but he barely learnt anything from him and he returned back to Kathmandu carrying some disappointment and little hope and met director/actor Anup Baral, which was probably was the turning
point for him. Kameshowor finally got some small roles in Bhusan Dahal’s TV Series ‘Hamro Team’ and started his carrier in Kollywood with a single scene in ‘Loot’; Kameshwor did small roles in some other

movies like Kakarsh and Tandav too. And a major role in movie poorly acclaimed movie Chadke when he finally got an offer for Resham Fillii.

Parents of Kameshwor, who once thought that the elder son of family is worthless, now enjoy his movie on bigger screens.

Leave a Reply

Your email address will not be published. Required fields are marked *