सुबोध स्मृति पुरस्कार २०७४ – फोटो प्रतियोगिता

प्रतियोगी फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी ‘सुबोध स्मृति पुरस्कार २०७४’ घोषणा गरिनेछ । ‘सुबोध स्मृति पुरस्कार २०७४’ विजेताले नगद रु.२५,००० रुपैया पुरस्कार पाउनेछ । फोटो २०७४ साउन २० गते राति १२ बजेसम्ममा पठाइसक्नुपर्नेछ । प्रतियोगितामा नेपाली नागरिक मात्र सहभागी हुन सक्नेछन् भने तस्बिरहरू बारा, पर्सा र रौतहट जिल्लाभित्रै खिचिएको हुनुपर्नेछ । यो प्रतियोगीमा बारा,पर्सा र रौतहटका फोटोग्राफर तथा फोटोपत्रकारमात्र सहभागी हुनसक्नेछन ।

प्रतियोगितामा उत्कृष्ट छानिएका २० फोटोलाई पुरस्कार वितरण समारोहमा डिजिटल प्रदर्शनी गरिनेछ । प्रतियोगिता एवं प्रदर्शनीले फोटो पत्रकारितामा क्रियाशील एवं फोटोग्राफीमा रुचि राख्नेहरूलाई प्रोत्साहन मिल्ने प्रतिष्ठानको विश्वास छ ।

विधा:
फोटो सन्देशमूलक हुनुपर्छ । साथै राजनीति, समाज गतिविधि, अर्थ, खेलकुद वा अन्य समसामयिक विषयमा आम जनतालाई सुसूचित गर्ने खालका फोटो यस विधामा समेटिन्छन् । फोटोहरु वर्ष २०७३ देखि २०७४ चैत मसान्तसम्म खिचिएको हुनुपर्नेछ । फोटोहरु सञ्चार माध्यममा प्रकाशित वा अप्रकाशित सबैखाले स्वीकार्य हुनेछ ।

नियमः
– फोटो सबमिट गर्न दर्ता शुल्क लाग्नेछैन ।
– सहभागी नेपाली नागरिक हुनुपर्नेछ ।
– यो प्रतियोगीमा बारा,पर्सा र रौतहटका फोटोग्राफर तथा फोटोपत्रकारमात्र सहभागी हुनसक्नेछन ।
– प्रतिस्पर्धामा सहभागी फोटो बारा, पर्सा र रौतहट जिल्लामा खिचिएको हुनुपर्नेछ र आवदेक आफैले खिचेको हुनुपर्नेछ ।
– यस प्रतिस्पर्धामा यसअघि सबमिट गरिसकिएका फोटो पुनः सबमिट गर्न पाइनेछैन ।
– सहभागीले खिचेका फोटो समाचारमूलक वा सन्देशमूलक हुनुपर्नेछ । बढीमा तीनवटासम्म फोटो सबमिट गर्न सकिनेछ । सुरुमा दर्ता गराइएका तीनवटा फोटोमात्र प्रतिस्र्धामा सामेल हुनेछ । कसैले तीनभन्दा बढी फोटो दर्ता गराए पछिल्ला फोटोहरु स्वतः अयोग्य हुनेछन् ।
– विगतमा यही प्रतिस्पर्धा वा देशभित्रका अन्य प्रतिस्पर्धामा पुरस्कार जितिसकेका फोटोहरु प्रतिस्पर्धाका लागि योग्य हुनेछैनन् ।
– फोटोको कन्टेन्टमा कुनै परिवर्तन गर्न पाइनेछैन । थोरै क्रपिङ भने गर्न पाइनेछ । डडजिङ, बर्निङ, सार्पेनिङ, कन्ट्रास्ट र थोरै कलर एड्जस्टमेन्टजस्ता विषयमा सामान्य एडिटिङ गर्न पाइनेछ । तर त्यसले फोटोको वास्तविकतामा कुनै परिवर्तन ल्याएमा भने त्यो अयोग्य हुनेछ । फोटोका यस्ता सबै प्राविधिक विषयको निक्र्यौल गर्ने सम्पूर्ण अधिकार जुरीमा निहित हुनेछ ।
– हाई डाइनामिक रेन्ज तस्बिर (एचडिआर) र वाटरमार्क स्वीकार गरिनेछैन । पानोरामिक इमेजका लागि धेरै तस्बिरको स्टिचिङ मान्य हुनेछ, तर त्यसको विष्तृत विवरण पेश गर्नुपर्नेछ ।
– सबै फोटो डिजिटल फाइलमा हुनुपर्नेछ ।
– फोटो २००० पिक्सल (वाइडर साइड), ३०० डिपिआईको हुनुपर्नेछ । फोटोको फाइल साइज ६०० केबीदेखि २ एमबी हुनुपर्नेछ । फोटो जेपिजी​/​जेपेग फाइल फम्र्याटमा हुनुपर्नेछ ।
– विजेता फोटो र प्रदर्शनीमा राखिने फोटो जुरी प्यानलले छनोट गर्नेछ ।
– विजेता घोषित फोटोहरुको कपिराइट एक वर्षको लागि सुबोध स्मृति पुरस्कार प्रतिष्ठानमा निहित हुनेछ । प्रतिष्ठानले उक्त फोटोहरु नन कमर्सियल प्रयोजनको लागि प्रयोग गर्न सक्नेछ । यसको जानकारी सम्बन्धित फोटोग्राफरलाई दिइनेछ । तर फोटोको सम्पूर्ण क्रेडिट फोटोग्राफरलाई नै दिइनेछ ।
– प्रायोजकले आफ्नो विज्ञापन वा अन्य प्रवर्धनात्मक कामको लागि विजयी फोटोहरु फोटोग्राफरलाई क्रेडिट दिएर एक वर्षका लागि उपयोग गर्न पाउनेछ ।
– फोटोमा सम्पूर्ण अधिकार सहभागीको हुने भएपनि सुबोध स्मृति पुरस्कार प्रतिष्ठान र मिडिया सहयात्रीलाई प्रदर्शनी, पुनर्उत्पादन, लेखनलगायतका प्रयोजनको लागि उपलब्ध गराउन सकिनेछ । मिडिया सहयात्रीमा प्रकाशन, वेबसाइट र सामाजिक सञ्जाल पर्न सक्नेछन् । साथमा प्रतिष्ठानले शैक्षिक, प्रवर्धन, प्रचार, प्रदर्शनी र आर्काइबजस्ता प्रयोजनमा पनि फोटोग्राफरलाई क्रेडिट दिएर फोटो प्रयोग गर्न सक्नेछ ।
– जजिङ राउन्ड सकिएपछि सहभागीले प्रकाशनका लागि हाई रिजोलुसन फोटो उपलब्ध गराउनुपर्नेछ ।
– अनलाइन दर्ताका लागि २०७४ साउन २० गते मध्यरातसम्मको समयसीमा तोकिएको छ ।
– विजेता फोटोको घोषणा भदौ १ गते प्रतीक दैनिकको वार्षिकोत्सवमा गरिनेछ । साथै सुबोध स्मृति पुरस्कार प्रतिष्ठानको वेबसाइट ​www.​subodhmemorialfoundation.com​ ​मार्फत् पनि सार्वजनिक गरिनेछ ।
– यस प्रतियोगितामा निर्णायकमण्डलका पदाधिकारीहरुले भाग लिन पाउनेछैनन् ।

थप जानकारीको लागि तलको नम्बरमा सम्र्पक गर्नुहोला ।
पंकज श्रेष्ठ ९८४५०३७२९२
मनीष पौडेल ९८५५०९२९४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *